आफ्नै छोरीलाई यौन दुव्यवहार गरेको आरोपमा चाँगुनारायण नगरपालिका -८ मा बस्ने ३१ वर्षीय पुरुष पक्राउ परेका छन् । छोरीले दुई दिनअघि दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ।
घरमा कोही नभएको मौका छोपी आफ्नै १५ वर्षीया छोरीको संवेदनशील अंग चलाउने र समाउने गरेको आरोप उनीमाथि लागेको छ।
एक वर्षदेखि यौन दुव्यवहार गर्दै आएका उनलाइ बाल यौन दुरुपयोग कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।
डेढ वर्षअघि श्रीमतीको मृत्यु पस्चात छोरीलाइ सिविन नेपाल नामक गैरसरकारी संस्थामा लगेर राखिदिए पनि केही समय पछि संस्थाबाट निकालेर ल्याएका थिए।






