काठमाडौं : अमेरिकाको फ्लोरिडा राज्यमा एक १२ तले भवन भत्किँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौं मानीस सम्पर्कविहीन भएका छन ।
फ्लोरीडा राज्यको मीयामीको उत्तरमा पर्ने सर्फसाइड क्षेत्रको उक्त भवन ४२ बर्ष अघी बनेको र त्याँहा २३० वटा फ्ल्याट रहेपनि भवन भित्र कति जना थिए भन्ने खुल्न सकेको छैन् ।
स्थानिय समय अनुसार घटना लगत्तै ३५ जनालाई घटनास्थलबाट उद्धार गरिएको र घाईतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन।






