काठमाडौँ – कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि गत बैसाखबाट जारी गरीएको निषेधाज्ञा आजदेखि थप खुकुलो भएको छ। काठमाडौँ उपत्यकामा मंगलबार बिहानै बाट राजधानीका सडकहरुमा सबारीको चाप उच्च देखीएको छ।
काठमान्डौका मुख्य सडकहरु ,चाबहील, बालाजु, बानेस्वर, जावलाखेल, त्रीपुरेश्वर, लगायत क्षेत्रहरुमा बिहानै बाट सडकमा चाप देखीएको ट्राफीक प्रहरीले जनाएको छ । आजदेखि निजी सवारी साधन जोर बिजोर प्रणालीमा चलाउन पाइने भएपछि सडकमा सवारी चाप बढेको हो ।
बार अनुसार पसल समेत सञ्चालन गर्न दिइएपछि बजार पसल समेत खुला भएका छन् । आजदेखि खाद्यान्न , फलफूल र तरकारी पसल हरुले हरेक दिन ११ बजेसम्म खोल्न पाउनेछन भने विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धी सवै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पालना संचाल्न गर्न पाउने छन।
संचालन गर्दा आलो पालो प्रणाली कायम गरि न्युनतम जनशक्ति मात्र प्रयोग गरि सेवा प्रवाह सुचारु गर्न पाउने व्यवस्था गरिएको छ ।
यसै गरी अनलाईन डेलिभरी र सवारी साधान मर्मत वर्कशप बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ भने खाद्यान्न , दूध , किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्म खोल्न पाइने छ ।
यस्तै निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ ।आज बाट सुनचाँदी , भाँडा , विद्युतीय , घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन तथा अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ । यी पसलहरू आइतबार र बिहीबार पनि खुला गर्न दिइएको छ ।
सोमबार , बुधबार र शुक्रबार सपिङ मल , खेलकुद सामग्री पसल , कपडा , जुत्ता पसल खोल्न पाइने छ भने फेन्सी , कस्मेटिक , गिफ्ट र टेलरिङ समेत खुल्नेछन। बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने भएता पनि खाद्यान्न , फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खोल्न पाइने छ ।






