Home / Society / सप्तरीमा ९ बर्षे बलीकालाइ यौन दुरब्यबहार र दुरब्यबहार पछी हत्या

सप्तरीमा ९ बर्षे बलीकालाइ यौन दुरब्यबहार र दुरब्यबहार पछी हत्या

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ की ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरी हत्या गरेको आरोपमा प्रहरीले १९ वर्षीय रोहितकुमार यादवलाई पक्राउ गरेको छ।

अभियुक्तले गत शुक्रवार हटैलकी ९ वर्षीया बालिकालाइ यौन दुर्व्यवहारपछि हत्या गरेको स्विकार गरेका छन्। प्रहरीले अभियुत्त लाइ भारत भाग्न लाग्दा आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सप्तरीले जनाएको छ।

हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न, प्राविधिक अनुसन्धान गर्न प्रदेश २ प्रहरी कार्यालय जनकपुर र संघीय प्रहरी इकाई कार्यालय जनकपुरबाट समेत टोली खटिएको थियो।

अभियुले ती बालिकालाई आँप दिने प्रलोभनमा पारी बालिकामाथि यौन दुर्व्यवहार गरेको र घटनाबारे आमालाई बताउने डरमा बालिकाको घाँटी हँसियाले रेटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *