Home / Nepal / News / राजधानीको बल्खुमा टिपरको ठक्कर बाट मोटरसाइकल चालकको मृत्यु

राजधानीको बल्खुमा टिपरको ठक्कर बाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं: शनिबार राति राजधानी को बल्खुमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक काठमाडौंको स्युचाटार बस्ने खोटाङका ३८ वर्षीय कमल भुजेल रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहोराले जानकारी दिनुभएको छ।

नम्बर नखुलेको टिपरले बा ७५ प ८८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर टिपर भागेको थियो भागेको टिपरको खोजी भइरहेको बोहोराले बताउनु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका अर्का नुवाकोट बेलकोटगढी नगरपालिका- ५ का ३० वर्षीय दीपक लामिछाने को उपचार भैरहेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *