जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति विज्ञप्ति जारी गर्दै तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन सूचित गरेको छ ।
प्रशासनले नेपाल-चीन सीमा क्षेत्रमा रहेको तिग्री कन्ट्रीको रोङ्चा सहर र त्यसको आसपास भारी वर्षासँगै आएको पहिरोले नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको भन्दै कुनै पनि समयमा तामाकोशीमा पानीको बहाव बढेर बाढी आउनसक्ने भएकाले तटिय क्षेत्रमा रहने सबैलाइ सचेत गराएको छ ।
नेपाल-चीन सीमा नजिकको बस्ती र नदीको तटीय क्षेत्रमा जोखिम बढ्ने सम्भावना रहेकाले सजग रहन भन्दै प्रशासनले सुचना जारी गरेको छ।
‘खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतिर जानुहुन र स्थानीय तहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा तुरून्त जानकारी समेत गराउन अनुरोध गरिन्छ’ भन्दै प्रशासनले विज्ञप्ति जारी गरेको छ।







