कोपा अमेरिका फुटबल अन्तरगत शुक्रबार विहान भएको खेलमा
आयोजक ब्राजिलले पेरुलाई ४-० गोलले पराजित गरेको छ ।ब्राजिलको जितमा नेइमार, एभर्टन रिबेइरो ,एलेक्स सान्द्रो,
र रिचार्लिसनले एक-एक गोल गरेका थिए।
ब्राजिलका एलेक्स सान्द्रोले खेलको १२ मिनेटमा पहिलो गोल गर्दै ब्राजिल लाइ अग्रता दिलाएका थियो।सान्द्रोले गाब्रियल जेससले दिएको पास लाइ कुनै गल्ती नगर्दै गोल मा परिणत गरेका थिए। ६८ मिनेटमा नेइमारले डिबक्स बाहिरबाट सुन्दर गोल गरेका थिए।
फ्रेडले उपलब्ध गराएको पासमा नेइमारले निकै टाढाबाट आकर्षक गोल गरेका थिए । ७३ मिनेट र ८५ औं मिनेटमा नेइमार ले गरेको प्रहारलाई पेरुका गोलकिपरले रोकेर थप गोल खान बाट पेरुलाइ बचाएका थिए।
खेलको ८९ मिनेटमा रिचार्लीसनको पासमा एभर्टन रिबेइरोले र दोस्रो हाफको इन्जुरी टाइममा रिचार्लीसनले ब्राजिलका लागि चौथो गोल गर्दै ब्राजीललाइ ४-० ले बिजयी बनाएका थिए । समूह ‘बी’ मा दोस्रो खेलमा जित हासिल गर्दै ब्राजिलले ६ अंक जोडेको छ भने दोस्रो स्थानको कोलम्बियाको ४ अंक रहेको छ।
शुक्रबार विहान भएको अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेल्दै अकं बाँडेका छन। आगामी बिहिबार ब्राजिलले समूहको तेस्रो खेलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ।
समुह चरणको खेलमा आज राती चिलि र बोलिभिया भिड्दैछन भने दोश्रो खेलमा अर्जेन्टिना र उरुग्वे आमनेसामने गर्नेछन । खेल नेपाली समय अनुशार शनिवार बिहान २:४५ र ५:४५ मा हुनेछ ।






