Home / Politics / नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आउँदो असार ३ गते दिउँसो २ बजे बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ।

शनिबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टीको महाधिवेशन भदौ १६ गतेदेखि काठमाडौंमा गर्ने निर्णय गरेको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन भनिएको छ। बैठकले पदाधिकारी बैठकले गरेका निर्णय स्वीकृत गर्नेलगायत निर्णय गर्ने बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *