इराकको बसरामा भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको सातौं मिनेटमा इराकले फ्रिकिकमा सानदार गोल गरेको थियो।
लगत्तै अन्जन विष्टले नवौं मिनेटमा नेपालका लागि बराबरी गोल फर्काए। भने त्यसको केही मिनेटमा नै नेपालले अर्को गोल गर्दै २-१ को अग्रता लिएको छ्।
खेलमा डिफेन्डर गौतम श्रेष्ठ र मिडफिल्डर मनिष डाँगीले नेपाली टिममा डेब्यू गरेका छन्।
नेपालले विश्वकप छनोटको तयारीका लागि इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो।
एसिया र गल्फ क्षेत्रको फुटबल शक्ती इराक विश्वकप खेलिसकेको टिम हो। पूर्व एसियन च्याम्पियन इराक फिफा वरीयतामा इराक वरीयतामा ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ।
इराकसँग प्रतिस्पर्धा गरेपछि नेपाली टिम स्थालमार्गबाट विश्वकप छनोट खेल्न कुवेत प्रस्थान गर्नेछ्।
लाइभ हेर्न यहाँ क्लिक गर्नुस






