Home / Nepal / News / विवेकशील नेपाली पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था जटिल सहयोगको लागी अपिल

विवेकशील नेपाली पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था जटिल सहयोगको लागी अपिल

काठमाडौं: कोरोना भाइरस संक्रमण पुस्ठी भएका विवेकशील नेपाली पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

ग्रान्डी हस्पीटल भर्ना गरीएका थापाको स्वास्थ अवस्था कमजोर भए पछी उनलाइ शुक्रबार ललितपुर स्थित मेडिसिटी अस्पतालमा भर्ना गरीएको छ । अहिले उनको अवस्था निकै जटिल रहेको बताइएको छ ।

उपचारका लागि रकम अभाब हुने भए पछी आर्थिक सहयोग संकलनसमेत सुरु भएको छ । गोफन्डमीमार्फत् उज्वल थापा ट्रिटमेन्ट फण्डको नाममा उनको परिवारको जानकारीमा सहयोग संकलन सुरु गरिएको विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिएका छन ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *