काठमाडौं : काठमाडौंबाट रुकुम जाँदै गरेको बस पश्चिम नवलपरासीको दाउन्नेमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। दुर्घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन्।
प्रहरीका अनुसार ना ५ ख २७१३ नम्बरको बस खुर्सानीखोलामा दुर्घटना भएको हो। मृत्यु हुनेमध्ये दुईजनाको सनाखत भएको छ भने बाँकी दुईजनाको हुन सकेको छैन।






