Home / Nepal / News / रेम्डिसिभिरको उत्पादन अब नेपालमै

रेम्डिसिभिरको उत्पादन अब नेपालमै

काठामाडौं : कोभिड संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिर अब नेपालमै उत्पादन गरिने भएको छ। नेपाल औषधि उत्पादक संघले नेपालमै उत्पादनका लागि औषधि व्यवस्था विभागको अनुमति पाइसकेको जनाएको छ।

संघका महासचिव विप्लब अधिकारीका अनुसार “हामी रेम्डिसिभिर उत्पादनको अन्तिम प्रक्रियामा छौं। नेपालमा यसको परीक्षण पास भइसकेको छ, छिट्टै उत्पादनको काम सुरु गर्दैछौँ।” नेपालमै यो औषधि उत्पादन हुने भएपछि कोभिड संक्रमितको उपचारमा सहज हुने विश्वास अधिकारीको छ।

यसअघि भारतबाट आयात गरिँदै आएको रेम्डिसिभिर आफ्नै देशमा संक्रमण उच्च भएपछि भारतले निर्यात बन्द गरेको थियो। वैशाख दोस्रो सातायता औषधि व्यवस्था विभागले बंगलादेशबाट रेम्डिसिभिर आयात गरी अस्पतालहरुमा वितरण गर्दै आएको छ। अस्पतालमा भर्ना भएका संक्रमितका लागि भने चिकित्सकको सिफारिसमा आयातकर्ता कम्पनी आयान हेल्थकेयर कुपण्डोलबाट रेम्डिसिभिर बिक्री गर्ने व्यवस्था मिलाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *