काठमाडौं । लम्जुङ केन्द्रबिन्दु बनाएर आज विहान भूकम्प गएकाे छ । लम्जुङको भुलभुले केन्द्रबिन्दु भएर गएको भूकम्प ५.८ रेक्टरस्केलको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
विहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्प जमीनको सतहबाट १५ किलोमिटर गहिराइमा रहेको केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौंमा पनि महसूस गरिएको छ ।






