Home / Nepal / News / नेपालमा एकैदिन ५० जनाको मृत्यु, ९ हजार १९६ कोरोना संक्रमित थपिए

नेपालमा एकैदिन ५० जनाको मृत्यु, ९ हजार १९६ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ५० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ ।

त्यस्तै २४ घण्टामा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ  । २० हजार ४८२ वटा नमूनाको परीक्षण गरिएकोमा  ९ हजार १९६ जनाको नतिजा पोजेटिभ आएको हो ।  

योसँगै आजसम्म सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ  । आज २ हजार ९०५ जना निको भएका छन्  

Leave a Reply

Your email address will not be published. Required fields are marked *