Home / Nepal / News / राष्ट्रपतिद्वारा सात अध्यादेश जारी, यस्ता छन जारी गरीएका अध्यादेश

राष्ट्रपतिद्वारा सात अध्यादेश जारी, यस्ता छन जारी गरीएका अध्यादेश

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा सात अध्यादेश जारी गरेकी छिन ।

जारी अध्यादेशमा यौन हिंसाविरुद्धका केही ऐनलाई संसोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संसोधन गर्ने अध्यादेश, औषधि(तेस्रो संसोधन) अध्यादेश, २०७८, संवैधानिक परिषद(काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी(पहिलो संसोधन) अध्यादेश, २०७८ छन्।

यसैगरी सामाजिक सुरक्षा(पहिलो संसोधन) अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संसोधन) अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन) अध्यादेश, २०७८ पनि जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *