ऋषि बराल
घरमा आउदैपिच्छे मलाई बुबाले यहि प्रस्न बारम्बार सोध्नु हुन्थ्यो। प्रधानमन्त्रिको हातबाट पदक लिने कहिले हो ? मेरो बुबालाइ थाहा थियो दिक्षान्त समारोहमा प्रधानमन्त्री आउछ्न र ग्राजुएट विद्यार्थी सम्मानित हुन्छ्न भन्नेकुरा।
मलाई बुबासंग साह्रै रिस उठ्थ्यो अनि दुख लाग्थ्यो। यतिका वर्ष दुखगरेर पढाए पछि छोरोलाइ यति प्रस्न सोध्न पाउने अधिकार मेरो बुबासंग पनि थियो।
तर मलाई यो प्रश्नले मुटुमा ढक-ढक हान्दथ्यो, त्यसैले मलाई यो प्रस्न पटक्कै मन पर्दैनथ्यो। दुइ बर्से कोर्स पढ्न थालेको चार वर्ष भै सक्दापनि सर्टिफिकेट हातलागेको थिएन।
एक दुइ पटक त बुबालाई आफू ब्यस्त भएर दिक्षान्तमा जान नपाएको हो भन्दै झुट समेत बोले। तर बारम्बार बुबाबाट यो प्रस्न सुन्नुपर्दा चै मन झस्किने गर्दथ्यो।
२०६७ सालमा स्नातकोत्तर पढ्न बुबा आमासंग छुट्दा दुई वर्षपछि तपाईको छोराले प्रधानमन्त्रिको हातबाट तक्मा थाप्छ भन्दै बिदाभएर हिडेको थिए। त्यसैले बुबाले मलाई यति प्रस्नगर्नु गलत थिएन, तर म दीक्षित हुन नसक्नुको कारण भने अलि फरक थियो।
बिराटनगरको महेन्द्र मोरंग आदर्स क्याम्पसबाट बिबिएस गर्दा जस्तो अवस्था थिएन काठमाडौँमा पढ्दाको अवस्था, काम गरे माम पाइन्थ्यो नत्र गाह्रो थियो।बिराटनगर पढ्दा घरबाट महिनामा ३-४ हजार रुपैयाँ भए पनि गर्जो चल्थ्यो।
कोठाभाडा, पकेट खर्च र पढाई खर्च सबै तिर्न पुग्दथ्यो, महिना दिनमा एक पटक घर जाइन्थ्यो, दाल चामल आलु सबै घरबाट नै पुग्ने गरि ल्याइन्थ्यो कोठा पनि १००० /१५०० मा छानी-छानी पाइन्थो, पढ्नमा खासै समस्या हुदैनथ्यो।
सानैदेखि क्याम्पस पढ्न काठमान्डौ जाने सपना थियो मेरो, त्यसबेला रेडियोमा शंकरदेब क्याम्पसको नाम सुनेको थिए शंकरदेव क्याम्पस पढ्ने सपना थियो मेरो तर BBS सम्म काठमाडौ पढ्ने सपना पूरा हुन सकेको थिएन।
स्नातकोत्तर अध्यन गर्न म काठमाडौँ हानिएको थिए। काठमाडौँ सहर मेरो सोचभन्दा निकै फरक थियो। यसभन्दा पहिले काठमाडौँ घुम्नको लागि आएको थिए, तर लामो समय बस्न आएको थिइन।
काठमान्डू आएपछि कहिले आफन्तकोमा त कहिले साथीको मा गरेर पन्द्र दिन जति बिताए, कोठा पाउन निकै समस्या थियो।
बल्ल बल्ल रानिबरिमा कोठा पाइयो, कोठा केहि सस्तो भएतापनि निकै अँध्यारो र कलेज भन्दा टाढा थियो।
बिराटनगरमा कोठा लिदा पलङ कुर्सी पनि प्रयोग गर्न पाइन्थ्यो। तर काठमाडौमा हरेक चिज भाडामा बस्नेले नै खरिद गर्नु पर्ने बाध्यता थियो, त्यसमा पनि हामी जस्तो मोफसल बाट पढ्न भनी आएका बिध्यार्थी हरुलाइ निकै समस्या थियो।
म रानीबारी बाट कलेज धाउन थाले कोठामा म सङ भाइ पनि बस्दथ्यो, उसले एउटा online news एजेन्सीमा काम गर्दथ्यो। करीब दुइ महिना जति त्यसरी नै बित्यो मेरो दिनचर्या। हामीले सोचे जस्तो काठमान्डू रहेनछ, पाइला पाइलामा पैसा सकिने रहेछ।
घरबाट एक दुइ महिना त पैसा पठाउनु भयो तर घरबाट पठाएको पैसा हातिको मुखमा जिरा जस्तै हुन्थो, भाइको पनि नाम मात्रको जागिर थियो, एक महिना पैसा आए तिन महिना आउदैनथ्यो। घरबाट पठाएको पैसा हप्ता दिन पनि हातमा रहदैन्थ्यो।
मलाइ आर्थिक समस्याले निकै सताउन थाल्यो, त्यसैले मैले केही न केही काम गर्ने विचार गरे। जागिरको लागि धेरै ठाउमा फोन गरे धेरै ठाउमा बायोडाटा पेसगरे, तर कुनै न कुनै बहानामा म सेलेक्ट हुन सकीन।
करिब एक महिना जति भौतारिए पछि बिराटनगर पढ्दाको रुममेट साथीको सहयोगमा मेनपावर कम्पनीमा एकाउण्टेनको जागिर सुरु गरे। तलब महिनाको छ हजार दिन्थ्यो, खाजाको ब्यवस्था अफिसले गर्दथ्यो।
तर अफिसमा प्राय साकाहारीको लागि हुने खाना कमै पाक्ने गर्दथ्यो। हप्तामा छ दिन दिउसो भोकै बस्नु पर्दथ्यो या त आफ्नै पैसाले खाजा खानु पर्ने स्थिती थियो, किनकी म साकाहारी थिए।
मेनपावरमा दस बजे पुगिसक्नु पर्थ्यो, नौ बजे घरबाट नहिडे अफिस पुग्न हम्मे हम्मे पर्दथ्यो, त्यसैले कलेज भ्याउन निकै गाह्रो हुन थाल्यो। मैले कलेज दुई घण्टी मात्र पढ्न थाले।
यसबाट मेरो आर्थिक अवस्था सुधार भएतापनि पढाई भने सोचे जस्तो गरि अगाडी बढाउन सकिन। अरु बिसय टिउसन पढेता पनि थेउरी बिसय भने त्यति राम्रो तयारी गर्न सकिन, त्यसैले प्रथम बर्सको परिक्षामा एउटा बिसयमा फेल भए।
ज्यादै दुख लाग्यो, अध्यन चल्दै थियो रिजल्ट आउने बेलासम्म मैले जागिर परिबर्तन गरिसकेको थिए। भाटभटेनि सुपरमार्केटमा कन्स्ट्रक्सन बिभाग अन्तर्गत लेखापालको रुपमा काम गर्थे। तलब सुबिधा पनि ठिकै थियो इज्जत पनि राम्रै थियो।
तर पढाईभने अलि खाच्किन थालेको थियो। बिहान १० बजे देखि बेलुकी ६ बजे सम्म काम गर्नुपर्थ्यो त्यसमा पनि कन्स्ट्रक्सन कम्पनीमा कामको तनाब निकै थियो।
बेलुका आएर कहिले पनि एक घण्टा भन्दा बढी पढ्न सक्दैनथे। दोस्रो बर्सको परीक्षा त झन् कम्पनीको बार्षिक लेखापरीक्षण कार्य गर्ने समयमा परेकोले झनै पढाइ बिग्रेर गयो। जिबनमा पहिलो चोटि लब्धाङ्क पत्रमा एब्सेन्ट संकेत आयो।
धेरै दुख लाग्यो, चाहेर पनि जागिर छोड्न सकिन। लेखापालको जागीर यस्तो रहेछ जसलाई छोड्छु भन्न पनि नपाइदो रहेछ। बाध्य भएर काम गरे। मैले राम्रो सङ्ग तयारी गर्न नपाएर दोस्रो बर्सको दुइवटा परिक्षा दिइन।
रिजल्ट आयो सबै जना साथी पास भए, मेरो मन निकै कुडीयो जागिरको कारण म पछि परेको महसुस भयो। समय बित्दै गयो, अर्को बर्स फेरि दोस्रो पटक दिन लागेको परिक्षा पनि उही बार्षिक लेखापरीक्षण गर्ने समयमा परिदियो, परिक्षा त्यति राम्रो भएन दुइवटा मध्धे एउटा बिसय अझै पास गर्न सकिन, मन मरेर आयो।
भाटभटेनीमा जगिर खान थालेको तिन वर्ष भैसकेको थियो त्यसैले तेस्रो वर्ष चै मैले पढ्नै भनेर १५ दिनको छुटी मागे। सोहि बमोजिम बिदा पाए, परिक्षा राम्रो भयो परीक्षाफल समेत पनि सोहि बमोजिम आयो।
दुइ बर्से कोर्स लाइ ४ वर्ष लगाएर बल्लतल्ल सिध्याए। TU को रिजल्ट आउन १० महिना लाग्यो करिब ५ बर्समा बल्ल तल्ल मास्टर होल्डर भए, गौरव लाग्यो।
अब चाडै कालो कोटमा सजिएर टोपी लगाएको छोरो हेर्ने मेरो बुबाको सपना पुरा हुदैछ आगामी हुने दिक्ष्यान्त समारोहमा भाग लिएर मेरो बुबाको बर्सौ अघिको सपना पूरा गराएर सानो हासो ल्याउदै छु।






