काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जिल्ला लाइ अति कोरोना प्रभाबित जिल्लाको रुपमा सुचित गरेको छ।
कोरोना संक्रमण डरलाग्दो गरी फैलिएका मोरङ , सुनसरी , झापा , पर्सा , बारा , धनुषा , काठमाडौं , भक्तपुर , ललितपुर , चितवन , मकवानपुर , काभ्रे , कास्की , दाङ , बाँके , रुपन्देही , पाल्पा , बर्दिया , कपिलवस्तु , सुर्खेत , कैलाली र कञ्चनपुर लाइ अति प्रभाबित जिल्लाको रुपमा राखिएको हो।
ती जिल्लामा संक्रमण दर डरलाग्दो गरी बढेको र स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने मन्त्रालये जनाएको छ ।
उक्त जिल्ला हरुका अस्पतालमा राखेर हेरचाह गर्न र अस्पताल शैया उपलब्ध गराउन नसकिने अवस्था रहेको मन्त्रालये जनाएको छ ।
संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गर्न मन्त्रालय ले सबैमा अनुरोध गरेको छ।







