काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १५५ रनको लक्ष्य दिएकाे छ ।
नरेन्द्र मोदी क्रिकेट स्टेडियमा भइरहेको खेलमा कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनायो ।
कोलकाताका लागि शभम गिलले ४३ रन बनाए । त्यस्ते आन्द्रे रसेलले ४५ रन बनाउँदा राहुल तिमाठीले १९ रनको योगदान गरे ।
कोलकाताका लागि नितिर रानाले १५ रन बनाउँदा दिनेश कार्तीकले १४ रनको जोडे ।
बलिङतर्फ दिल्लीका लागि अक्षर पटेल र ललित यादवले समान २–२ विकेट लिए । त्यस्तै आभार खान र मार्कुस स्टोइनिसले समान एक–एक विकेट लिए ।
आजको खेलमा दिल्ली जित निकाल्दे तालिकामा आफूलाई बलियो बनाउने योजनामा रहेको छ ।
यता कोलकाता पनि आफूलाई बलियो बनाउन जित्नैपर्ने दबाबमा छ ।






