मुम्बई : बलिउड चर्चित अभिनेता रणवीर कपुरलाई कोरोना पोजेटिभ देखिएको छ। रणवीरकी आमा तथा अभिनेत्री नीतु कपुरले मंगलबार इन्स्टाग्राममार्फत रणवीरलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन्।
“तपाईंहरुको चासो र शुभकामनाका लागि धन्यवाद। रणवीरको कोरोना पोजेटिभ आएको छ। ऊ अहिले उपचारमा छ र निको हुँदै छ,” उनले लेखेकी छिन्।
रणवीर अहिले क्वारेन्टिनमा छन्। उनी कहाँ–कसरी कोरोना संक्रमित भए भन्ने खुलाइएको छैन। तर, उनी पछिल्लो समय चलचित्रको छायांकनका क्रममा धेरै मानिससँग भेटघाटमा थिए।
भारतको महाराष्ट्रमा केही समय कोरोना संक्रमितको संख्या सुस्ताए पनि पछिल्लो केही सातायता भने पुनः संक्रमितको संख्या बढ्न थालेको छ। बलिउड हंगामाबाट।






