Home / Politics / बिदा भए पेरिसडाँडाबाट तुलाधार र गौतम

बिदा भए पेरिसडाँडाबाट तुलाधार र गौतम

काठमाडौं : सर्वोच्च अदतालतले नेपाल कम्युनिस्ट पार्टीको नाम विवादको फैसलामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँत्याएपछि पेरिसडाँडाबाट पूर्वएमालेका कार्यालय सचिवहरु बिदा भएका छन्।

तत्कालीन नेकपा दुई समूहमा विभाजित हुँदा पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहको कार्यालय सचिव बनेका गंगालाल तुलाधर र कार्यालय उपसचिव रहेका मोहन गौतम मंगलबार बिदाइ भएका हुन्। उनीहरुलाई पूर्वमाओवादीको तर्फबाट कार्यालय सचिव रहेका श्रीराम ढकालले बिदाइ गरे।

प्रचण्ड–नेपाल समूहको सोमबार बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै पूर्वएमाले र पूर्वमाओवादी अलग हुने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *