Home / Nepal / News / बस मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु

बस मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु

दाङ : दाङको देउखुरीमा ना ४ ख ९०१६ नम्बरको बससँग भे११प ३५९७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा लमही नगरपालिका–८ निम्बुखुटीका ३० वर्षीय प्रकाश थापा र सोही ठाउँका २३ वर्षीय तिलक थापा रहेका इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ।

प्रकाशको लमही अस्पतालमा र तिलकको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *