Home / Nepal / भरियादेखि अन्तर्राष्ट्रिय ब्राण्ड एम्बेसडर सम्म आङतेम्बा शेर्पा

भरियादेखि अन्तर्राष्ट्रिय ब्राण्ड एम्बेसडर सम्म आङतेम्बा शेर्पा

सन् १९६३ मा सोलखुम्बु जिल्लाको तत्कालिन चौँरीखर्क गाँउ विकास समिति अर्थात हालको खुम्बु पासाङ ल्हामु गाउँ पालिकामा जन्मिएका हुन् आङतेम्बा शेर्पा । उनले १३ वर्षको कलिलो उमेरमा नै विदेशी पर्यटकहरुको भारी बोक्ने कामसँगै आफूलाई प्रकृतिको एक सच्चा पहरेदारका रुपमा परिचित गराए ।

संघर्ष, परिश्रम अनि दरिलो अठोटका साथ भरियाको पेशाबाट आफ्नो जीवनको नयाँ अध्यायको सुरुवात गरी हिमालसँग निकटताको साइनो गाँस्न पुगेका शेर्पालाई आज विश्वले नजिकबाट नियाली रहेको छ ।

आज उनीसँग वरिष्ठ पर्यटनकर्मी, पर्वतारोही, खेलाडी, कलाकार, विश्व विख्यात मोडल ,अन्तर्राष्ट्रिय ब्राण्ड एम्बासडर लगायतका परिचयहरु जोडिएका छन् । नेपाली मिडियाहरुमाझ विरलै देखिने शेर्पालाई रोयटर्स, बीबीसी,सिएन।एन जस्ता मिडियाले पनि समय समयमा पछ्याइरहेका हुन्छन् ।

बाल्यकाल

सामान्य परिवारमा जन्मिएका शेर्पाको बाल्यकाल संघर्षशील रह्यो । तत्कालिन श्री मेहन्द्र ज्योती प्राविमा कक्षा तीन पढ्दापढ्दै परिवारको आर्थिक अवस्थाका कारण शेर्पा भरिया बन्न पुगे । बाल्यकालमा नै विदेशीहरुसँगको सहकार्य र मित्रताले उनलाई विभिन्न कठिनाइकाबीच सफलताको बाटोतर्फ डोर्याउन मद्धत गर्यो ।
१२(१३ वर्षको बाल उमेरमा नै विदेशी पर्यटकहरुको झोला बोकी विश्वको छानो सगरमाथाको आधार शिविरमा पुग्दा दुर्घटनामा परेर उनको दाहिने हात भाँचियो । घुँडा र टाउकोमा चोटपटक लाग्यो । ती चोटहरुको खत अझै पनि देख्न सकिन्छ । मेरो शरीरमा अझै पनि ठूला अनि डरलाग्दा खतहरु बाँकी नै छन्, तर म स्वस्थ छु, दुखस्को त्यो कथालाई उनी हाँसेर भन्छन् । अन्ततः त्यो उपचार सगरमाथाका पहिलो आरोही मध्येका एक सर एडमन हिलारीको खुन्दे अस्पतालमा सम्भव भयो ।

१५–१६ वर्षकै उमेरमा उनले मनांगेहरुको झिटीगुन्टाको भरियाको रुपमा नेपाल मात्र नभई हङकङ, सिंगापर थाइल्याण्ड, बंगलादेश लगायतका मुलुकहरु भ्रमण गर्ने अवसर पाए । उनी जीवनका विभिन्न अवरोधलाई छिचोल्दै आफूभित्रको अद्भुत क्षमतालाई विश्वसामु परिचित गराउन सफल भए ।

प्रायस्जसो विश्वका कुना कन्दराहरुमा पर्यटनको माध्यमबाट विश्व शान्तिको सन्देश बोकेर एक अथक यात्रीझैँ अनवरत लम्किरहने अनि चम्किरहने उनी एसियाका तिब्बत, भारत, पाकिस्तानसँगै युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका र अफ्रिका लगायतका स्थानहरुमा नेपाल र नेपालीको गौरवका गाथाहरु सुनाउँदै हिँड्छन् ।

Aangtemba Sherpa

पर्वतारोहण, पदयात्रा, खेलकुद, मोडलिङ , प्याराग्लाइडिङ आदिजस्ता विषयवस्तुहरु उनका यी विविध भ्रमणहरुका अभिन्न पाटाहरु हुन् । यी बहुआयामिक छविहरुका कारण नै विश्वसामु एउटा प्रिय अनि स्थापित नाम बन्न पुग्यो( आङतेम्बा शेर्पा।

विदेशी पर्यटकसँगको समिपताका कारण उनले आवत(जावतका क्रममा स्वीट्जरल्यान्डमा झण्डै ३०(३५ वर्ष बिताए । त्यहाँ उनले हिमाल चढ्न चाहिने सामग्रीहरू पाइने ट्रान्सबासेल लिमिटेड कम्पनिमा काम गरे । हेलिकप्टर, प्याराग्लाइडिङ,र हाङलाइडिङसम्बन्धी तालिम मात्र लिए ।

विश्व विख्यात लेखकहरुबाट प्रशंसा

सोही क्रममा विदेशीसँगको सह–लेखनमा नेपालको पर्यटन, कला, संस्कृति, रितिरिवाज, धार्मिक तथा साँस्कृति धरोहरका विषयमा पुस्तक लेखे । सन् १९९० मा जर्मनबाट ‘स्टेप वाइ स्टेप इन नेपाल’ भन्ने पुस्तक प्रकाशित भयो । त्यस्तै ‘ट्रेकिङ गाइड इन नेपाल’ नामक पुस्तक पनि प्रकाशनमा आयो । त्यस्तै विश्व प्रसिद्ध डा।पावल अर्नीले नमस्ते नेपाल नामक पुस्तकमा उनको जीवनी समावेश गरेका छन् । जुन पुस्तकहरु प्रकाशित भएपछि विश्व विख्यात लेखकहरुले पनि उनको प्रशंसा गरेका थिए ।

अन्तर्राष्ट्रिय ब्राण्ड एम्बासडर

उनले थुप्रै दुर्लभ अवसर प्राप्त गरेका छन् । उनी विश्व प्रसिद्ध स्वीस घडीको इट्टा कम्पनीबाट निर्मित वेस्ट इन वाच, राडो, रोयलेक्सको ब्राड एम्बासडर,फ्रासमा बनेको तथा स्वीजरल्याण्डमा चल्दै आएको लामा हेलिकप्टर, नेपालको उपहार चिया र अल्टा लाइट प्लेन लगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीको ब्राण्ड एम्बासडर हुन् ।

हुन्डाई गाडी, हेलिकप्टर, पानीजहाज तथा ब्रान्डेड पहिरनहरूमा उनले मोडलिङ गर्ने अवसर प्राप्त गरेका छन् । हाल अमेरिकाबाट उत्पादित विभिन्न सामग्रीको मोडलिङ गर्दै आएका छन् । भन्छन्,‘मोडलिङका लागि अफर आइरहेको छ ।’

खेल जीवन

वास्तवमा उनी पर्यटनकर्मी मात्र नभएर खेलाडी पनि हुन् । शेर्पा सन् २००३ मा चेक गणतन्त्रमा सम्पन्न भएको रक क्लाइबिङमा स्वर्णपदक प्राप्त गरी च्याम्पियन बनेका थिए । त्यस्तै सन् १९८९ मा इटालीको मेरिटेनीमा भएको पौडी प्रतियोगिताका पनि उनी च्याम्पियन हुन् । सन् १९९५ मा स्वीटरजरल्यान्ड र फ्रान्समा भएको प्याराग्लाइडिङमा पनि उनी च्याम्पियन बने । ती उपाधीहरुले पनि उनको उचाइलाई अग्ल्याउन मजबुत खम्बाको काम गरे ।

सामाजिक जीवन

विभिन्न माध्यमबाट पर्यटन तथा कृषी क्षेत्रको प्रवर्दनमा लागि परेका शेर्पा बैङकिङ तथा हाइड्रोपावरमा पनि काम गरिरहेका छन् ।

त्यस्तै उनी विश्व वातावरण संरक्षणका लागि न्युजील्याण्ड, अष्ट्रेलिया र इङल्याण्डको संयोजकको भूमिका निर्वाह गरिरहेका छन् । भन्छन्, पृथ्वी बचाउ अभियान अन्तर्गत निमावि, माविका विद्यार्थी परिचालन गर्दै वृक्षारोपण गरिरहेको छु ।’a

२०७२ साल वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पछि उनले भूकम्पपीडितको राहतका लागि आफ्नो सहृदयी मन फैलाए । शेर्पाले स्वीटजरल्याण्डका संस्थाहरु हेल्भेटास ,कारिताश र शोलीडासँग सहकार्य गर्दै नुवाकोट, सिन्धुपाल्चोक र दोलखामा पाँच सय अस्थायी आवास निर्माण पनि गरेका छन् ।

मानिसलाई पँखेटा लगाएर उडाउने चामत्कारिक कला

शेर्पा हाल पावर प्याराग्लाइडिङ मार्फत मानिसलाई पँखेटा लगाएर उडाउने काममा व्यस्त छन् । उनी प्याराग्लाइडिङका आविष्कारक पनि हुन् । दुई विदेशी र शेर्पाले प्याराग्लाइडिङको आविष्कार गरेका थिए। यो चामत्कारिक कलामा मानिसलाई चराझैँ उडाइन्छ ।

कलायात्रा

बहुआयामिक व्यक्तित्व शेर्पा कलाकार पनि हुन् । प्रसिद्ध चलचित्रकर्मी चेतन कार्कीको निर्देशनमा शेर्पाको जीवनमाथि आधारित ठूलो पर्दाको चलचित्र अतिथि देवो भवः नामक चलचित्र छायांकन भइरहेको छ ।

त्यस्तै उनले चलचित्र एउटा यस्तो प्रेम कहानीमा पनि अभिनय गरेका छन् । उनी हिमाल चढ्न आउने विदेशी पर्यटकलाई सूचना दिने काम पनि गर्दछन् ।

संलग्नता

(विश्व वातावरण संरक्षण अन्तर्गतका रारा काउ, ग्लोबल वार्मिगं र कार्बन क्रेडिटको सद्भावना राजदुत ।
(आफ्नै नाममा रहेको ए।टि फाउण्डेशनको संरक्षक ।
(नेदरल्याण्ड र नेपालको माउन्टेन चाइल्ड केयरको डाइरेक्टर तथा सल्लाहकार ।
(एस।ओ।एस। नेपालका लागि सल्लाहाकार ।
(जेनेभास्थित अन्तर्राष्टिय उड्डयन संस्था एफ।आई।ए। अन्तर्गत नेपालकको तर्फबाट एक मात्र सदस्य ।
(हवाई खेलकुद संघ नेपालका संस्थापक महासचिव ।
(जनता वाणिज्य बैंकको संस्थापक सञ्चालक ।

विकट बस्तीमा जन्मिएर विश्वमाझ आफूलाई परिचित गराउन सफल शेर्पाको आगामी जीवन सुखमय रहोस् हाम्रो पनि कामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *