Home / World News / ‘अफ्रिका महामारीको केन्द्रबिन्दु बन्ने’

‘अफ्रिका महामारीको केन्द्रबिन्दु बन्ने’


 न्युयोर्क ,(एजेन्सी) । विश्व स्वास्थ सगठन (डब्ल्युएचओ ) ले शनिवार अब अफ्रिका कोरोना भाइरस महामारीको केन्दविन्दु बन्न सक्ने चेतावनी दिएको छ ।

संयुक्त राष्ट्र संघका अधिकारीहरुले कोभिड १९ संकटको कारण अफ्रिकामा कमितमा ३ लाख मानिसको ज्यान जान सक्ने तथा झण्डै ३ करोड मानिस गरिबीका चपेटामा पर्ने पनि बताएका छन् ।

गत साता अफ्रिकामा अप्रत्यासित रुपमा कोरोना भाइरसको घटनामा वृद्धि भएके छ । अफ्किा भरि करिव १ हजार जनाको ज्यान गइसकेको छ भने १९ हजार जनामा संक्रमण फैलिएको छ ।

अहिले सम्म अफ्रिकामा युरोप र अमेरिकाको तुलनामा कमै क्षति पुगेको छ ।

संयुक्त राष्ट्र संघको अफ्रिकाका लागि आर्थिक आयोगले यस महादेशका लागि १ सय अर्व अमेरिकी डलर सुरक्षका लागि छुट्याउन आब्हान गरेको छ ।

डब्ल्युएचओले भाइरस अफ्रिकी मुलुकहरुका राजधनीबाट फैलिने बलियो संभावन रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *