काठमाडौं : दुई वर्षदेखि भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ सरकारसँग तीनबुँदे सहमति भएपछि आज सार्वजनिक हुँदै छन्।
चन्द र प्रधानमन्त्री केपी शर्मा ओली एउटै मञ्चमा देखिने छन्।तीनबुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न आज दिउँसो २ बजे काठमाडौंमा आयोजना गरिने संयुक्त ‘विशेष समारोह’मा चन्द सार्वजनिक हुन लागेका हुन्।
बिहीबार बिहान भएको तीनबुँदे सहमति भएपछि हिजै साँझ बसेको मन्त्रिपषिद् बैठकले उक्त सहमति अनुमोदन गर्दै चन्द नेतृत्त्वको नेकपालाई लगाइएको प्रतिबन्धसमेत फुकुवा गरिसकेको छ।






