चितवन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बिहान भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा अहिलेको अवस्थामा नेपाली कांग्रेस केपी शर्मा ओलीसँग मिलेर सरकारमा जान नसक्ने बताएका छन्।
पौडेलले ओलीलाई सहयोग गर्नु कांग्रेसको नैतिकताबाहिरको कुरा भएको बताए। “यस्तो बेलामा केपी ओलीलाई सपोर्ट गर्नु कांग्रेसको नैतिकताले दिँदैन। प्रचण्ड र माधवको विषयमा पोजिटिभली हुन सकिन्छ। उनले प्रचण्ड– नेपाल समूहसँग मिल्न सकिने संकेत पनि गरे। यसमा पोजिटिभली छलफल हुन्छ,” उनले भने।
ओलीबाहेकका पार्टीसँग मिलेर अहिलेको देशको संकट टार्नुपर्ने उनको भनाइ थियो। उनले भने, “अहिलेको आवश्यकता के हो, त्यहीअनुसार अघि बढ्नुपर्दछ।”
प्रचण्डले यसअघि धोका दिएको जिज्ञासाको जवाफ दिँदै उनले राजनीतिमा कसले कतिखेर धोका दिने भन्ने विषय नौलो नभएको आशय व्यक्त गरे।






