Home / Politics / ‘विप्लव’ समूहसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन

‘विप्लव’ समूहसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन

काठमाडौं : सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ। सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई छन्।

मंगलबार पत्रकार सम्मेलनमार्फत वार्ता टोली सरकारका प्रवक्ता पार्वत गुरुङले वार्ता टोली गरिएको बताउँदै विप्लव समूहसँग छिट्टै वार्ता हुने विश्वास व्यक्त गरे।

“वार्ता टोली बनिसकेपछि नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबाट पनि वार्ता टोली गठन गरेर छिटोभन्दा छिटो वार्ता हुनेछ भन्ने हामी विश्वास गर्दछौं”, उनले भने। उनले शान्ति प्रक्रियामा ल्याउने काममा सरकारले स्पष्ट दृष्टिकोण राखेको बताए।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले विप्लव समूहको प्रतिबन्ध, मुद्दालगायतको सबै विषय वार्ताद्वारा नै टुंगो लाग्ने पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *