तनहुँ : तनहुँमा आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ। व्यास नगरपालिका–४ स्थित होटेल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार सोही होटेलनजिकै रहेको तरकारी लाइननजिकैको ट्रान्समिटर पड्किएर उक्त होटेलमा आगलागी भएको घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियोे।
होटेलको पहिलो तलामा रहेको आगन्तुककक्ष जलेर पूर्ण रूपमा क्षति भएको उनले बताए। आगलागीबाट मानवीय क्षति भने भएको छैन। होटेलमा रहेका केही पाहुनालाई घरको छतबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।






