Home / Politics / प्रधानमन्त्री ओली विकास–आयोजनाहरू शिलान्यास गर्न झापा जाँदै

प्रधानमन्त्री ओली विकास–आयोजनाहरू शिलान्यास गर्न झापा जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली विकास–आयोजनाहरू शिलान्यास गर्न आज झापा जाँदै छन्।

प्रधानमन्त्री बिहान झापा पुगेर दिनभर जिल्लाका विकास आयोजनाहरूको शिलान्यास गर्ने र बेलुका फर्कने कार्यक्रम छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्रीले विकास बजेट एकोहोर्‍याएको भन्दै विभिन्न आलोचना पनि भइरहेको छ। तथापि, प्रधानमन्त्रीले झापालाई अग्रता दिँदै आएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार बनेयता ठूलो मात्रामा झापामा बजेट परिचालन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *