काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि उनको अप्रेसन गरिएको छ। दाजु राजुराज जोशीका अनुसार अप्रेसनपछि उनलाई अहिले आईसीयूमा सारिएको छ।
बिहिवार घरमै बेहोस भएका जोशीलाई शुक्रबार बिहान ५ बजे नै नर्भिक अस्पताल पुर्याइएको थियो। जोशिको मस्तिस्कमा थोरै रगत देखा परेकाले उनको तत्काल शल्यक्रिया (अप्रेसन) गरिएको हो।
डाक्टरले जोशीलाई कम्तीमा चार दिन अस्पतालमै राख्नुपर्ने बताएको छ। चिकित्सकहरुले जोशीको मस्तिस्कघात धेरै जोखिमपूर्ण नभएको बताएको पारिवारिक स्रोतले बताएको छ।






