Home / Nepal / News / भक्तपुरमा प्रहरीलाई हजार रुपैयाँ घुस दिन खोज्ने पक्राउ

भक्तपुरमा प्रहरीलाई हजार रुपैयाँ घुस दिन खोज्ने पक्राउ

काठमाडौं : भक्तपुरमा प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्दा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर बालकुमारी बस्ने रामेछाप लिखु गाउँपालिका–६ का २८ वर्षीय ज्ञान नारायण श्रेष्ठ छन्।

मध्यपुरठिमी नगरपालिका–१ मनहरास्थित डिउटीमा खटिएको प्रहरीलाई १ हजार रुपैयाँ घुस दिएर आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा उनी पक्राउ परेका हुन।

काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा.८४ प ७१९५ नम्बरको मोटरसाइकलले ट्राफिक चेकिंङमा खटिएको प्रहरीलाई सामान्य ठक्कर दिएपछि प्रहरीलाई प्रभावमा पार्न उक्त नगद दिन खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *