Home / Politics / ‘सर्वाेच्च अदालत हाई हाई’, ‘नागरिक समाज धन्यवाद’, ‘यो जित कसको जनताको’,( प्रचण्ड – नेपाल)को बिजयजुलुस मनाउदै

‘सर्वाेच्च अदालत हाई हाई’, ‘नागरिक समाज धन्यवाद’, ‘यो जित कसको जनताको’,( प्रचण्ड – नेपाल)को बिजयजुलुस मनाउदै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको अहिले रत्नपार्कमा नेकपाका नेता–कार्यकर्ताहरुको विजय जुलुस सुरू हुँदै छ।

प्रचण्ड–नेपाल समूहको नेता–कार्यकर्ताहरुले एक आपसमा आपसमा अबिर दलेर संसद् पुनःस्थापना गर्ने सर्वाेच्च अदालतको फैसलाको स्वागत गरिरहेका छन्। ‘सर्वाेच्च अदालत हाई हाई’, ‘नागरिक समाज धन्यवाद’, ‘यो जित कसको जनताको’, ‘सर्वाेच्च अदालतले के गर्‍यो, संविधान र लोकतन्त्रको रक्षा गर्‍यो’लगायतका नारा विजय जुलुसका लागि तय गरिएको छ।

शान्तिवाटिकाबाट जमल हुँदै राष्ट्रियसभा गृहअगाडि पुगेर विजय जुलस सभामा परिणत हुने जनाइएको छ। सभालाई नेकपा उक्त समूहका अध्यक्षद्वयले सम्बोधन गर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *