काठमाडौं : नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ। आज विहान काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ। दिउँसो बढेर २३–२५ डिग्री सेल्सियस पुग्ने छ। काठमाडौंमा आज अपरान्ह्मा मौसम बदली भए पनि बाँकी समय काठमाडौंको मौसम सफा रहने छ।
आज विहान प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली ररहेको छ भने अन्य भू–भागका केही स्थानमा अपरान्ह्तिर मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। त्यसपछिको मौसम सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको र बाँकी भू–भागमा मौसम सफा रहनेछ जल तथा मौसम विञान विभागले जनाएको छ।
आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको र बाँकी भू–भागमा मौसम सफा रहनेछ। विभागका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्ले जानकारी दिए।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातका साथै मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।






