Home / Politics / अदालतको निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न- ईश्वर पोखरेल

अदालतको निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न- ईश्वर पोखरेल

काठमाडौं : उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका सचिवालय सदस्य ईश्वर पोखरेलले सर्वाेच्च अदालतको फैसला माने पनि सम्मान गर्न नसकिने बताएका छन्।

उनले ट्विटमार्फत् अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउने जिकिर गरेका छन्।

उनले लेखेका छन्- “सरकार संचालनमा गतिरोध सिर्जना हुन पुगेपछि सार्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमको राजनीतिक प्रयत्नलाई कानुनी आवरणमा निस्तेज बनाउने काम भएको छ। सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउनेछ। निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न,“।

Leave a Reply

Your email address will not be published. Required fields are marked *