काठमाडौं : काठमाडौं, तनहुँ, डडेल्धुरा र संखुवासभामा चारजना मृत अवस्थामा फेला परेका छन्।
काठमाडौं महानगरपालिका–२३, जोरगणेश, चिकमुगल बस्ने ८३ वर्षीया कमलहिरा तुलाधर आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।
तनहुँको ब्यास नगरपालिका–१३, बेल्बासस्थित सेती नदी र मादी नदीको दोभानमा सोही नगरपालिका बेनिकोट भञ्ज्याङ बस्ने ४७ वर्षीय तुलबहादुर थापा मृत अवस्थामा फेला परेका छन्।
यस्तै,डडेल्धुराको पर्शुराम नगरपालिका–६, करालीको जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरूषको कंकाल फेला परेको छ।
संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिन्दा बेसीस्थित अरुण तेस्रो जलविद्युत् आयोजनामा काम गर्ने भारत घर भएका ३५ वर्षीय करिया उराउँ सुतिरहेको अवस्थामा मृत फेला परेका छन्।






