काठमाडौं । प्रधानमन्त्रीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीले मंगलबार बिहान ११ बजे सम्बोधन गर्ने कार्यसूची तय गरेको एकमन्त्रीले जानकारी दिए ।
“सोमबारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कुरा जानकारी गराउनुभएको थियो । सम्भवतः भोलि ११ बजे सम्बोधन गर्नुहुन्छ । प्रधानमन्त्रीले सम्बोधन गर्ने कुरा निर्णय गर्नुपरेन, बैठकलाई अवगत मात्रै गराए पुगिहाल्यो” ती मन्त्रीले भने ।






