Home / Politics / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तीन वर्षका ‘उपलब्धि’ सार्वजनिक गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तीन वर्षका ‘उपलब्धि’ सार्वजनिक गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट सरकारका तीन वर्षका ‘उपलब्धि’ सार्वजनिक गर्ने भएका छन्।

ओलीले दोस्रोपटक २०७४ फागुन ३ गते प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए। त्यसदिन तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।

प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सरकारको तीन वर्ष पुगेकै उपलक्ष्यमा भूकम्पपश्चात् पुनर्निर्माण गरिएको सिंहदरबारको मुख्य भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। २०७२ सालको भूकम्पले सिंहदरबारको उत्तर ,पूर्व र दक्षिणतर्फ भवन क्षतिग्रस्त तुल्याएको थियो। प्रबलीकरण प्रविधिबाट पुनर्निर्माण गरिएपछि अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय त्यहीँबाट सञ्चालन हुने थापाको भनाइ छ।

२०७६ साल चैतबाट लकडाउन सुरु भएयता प्रधानमन्त्रीले बालुवाटारबाटै काम–कारबाही गर्दै आएका छन्। प्रधानमन्त्री पछिल्लोपटक २०७६ चैत २० गते सिंहदरबार गएका थिए। सरकारका तीनवर्षे उपलब्धि सार्वजनिक गर्ने सिलसिलामा प्रधानमन्त्री झन्डै ११ महिनापछि सिंहदरबार प्रवेश गर्दै छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *