काठमाडौं : काठमाडौं उपत्यकाको आज बिहान पौने ६ बजे गरिएको मापनअनुसार न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ। दिउँसो २–३ बजेपछि छोटो समय फाट्टफुट्ट वर्षाको सम्भावना रहेको छ।
मौसमविद् शान्ति कँडेलका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ। पश्चिमी वायुको प्रभाव अझै एक–दुई दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ। केही स्थानमा हल्का वर्षा र केही स्थानहरुमा हिमपातको सम्भावना रहेको छ।
उनले आज देशका सम्पूर्ण हिमाली भूभागमा हिमपातको सम्भावना रहेको बताइन्। पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनको भनाइ छ।






