काठमाडौं : आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस नेपालसहित विश्वभर मनाइँदै छ।
पश्चिमा देशहरुबाट सुरु भएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकैँ झाँगिएको पाइन्छ। विशेषगरी युवावर्गले यसलाई उत्सवकै रुपमा मनाउने गरेका छन्। पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रणय दिवस विशेष रूपले मनाउने गरिएको छ।
भ्यालेन्टाइन डे आफैमा एक रोमान्टिक दिन हो र यो प्रेममय दिन हो। यो प्रणय दिवस सँग विभिन्न खाले कथा तथा इतिहास जोडिएका छन् र यस विषयमा विभिन्न खाले तथ्यहरु पनि छन्। यस दिन प्रेमी–प्रेमिकाले एकार्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने गरिन्छ। आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्तावसमेत राख्ने गरिन्छ।






