Home / Nepal / News / धादिङमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु

धादिङमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु

धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा आज बिहान ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख ८४ नंको माइक्रोबस सडकमा रोकिराखेको ना६ख ४६० नंको मालवाहक ट्रकमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा नवलपरासीको देउचुली–१६ का ५० वर्षीया हीरामाया गुरुङ र सोही ठाउँकी ६५ वर्षीया कृष्णकुमारी केसी रहेका छन्।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार दुर्घटनामा छ घाइते भएका छन् । घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि चितवन पठाइएको, दुई जनाको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको र एक घाइतेलाई सामान्य उपचारपछि घर पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *