Home / Nepal / News / नेपाल टेलिभिजनबाट`दोहोरी च्याम्पियन’ प्रसारण हुँदै, विजेतालाई २० लाख पुरस्कार

नेपाल टेलिभिजनबाट`दोहोरी च्याम्पियन’ प्रसारण हुँदै, विजेतालाई २० लाख पुरस्कार

काठमाडौं : लोकदोहोरी प्रतिभाका लागि ‘दोहोरी च्याम्पियन’ नेपाल टेलिभिजनबाट प्रशारण हुने भएको छ।

‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ स्लोगनसहित सुरु हुन लागेको ‘दोहोरी च्याम्पियन’को डिजिटल अडिसन फागुन १ बाट सुरु भएर ८ गतेसम्म दिन सकिने छ। अडिसन सहभागिताका लागि एक जना पुरुष र एक जना महिलाको समूह बनाएर कम्तिमा ४/४ टुक्का दोहोरी गाएर फेसबुक अथवा इमेलमा पठाउनु पर्नेछ।

प्रतियोगिताको निर्णायकका रुपमा बद्री पंगेनी र प्रिती आले रहने छन्। `दोहोरी च्याम्पियन’का प्रथमले २० लाख, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः १० लाख, ३ लाख र २ लाख प्राप्त गर्नेछन्।

उक्त दोहोरी प्रतियोगिता नेपाल टेलिभिजनबाट चाँडै प्रशारण हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *