काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा उद्योगमन्त्री लेखराज भट्टले शनिबार बुटवलमा आयोजित सो समूहको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
उनले भने- ‘‘सम्माननीय प्रधानमन्त्रीज्यू, पार्टी अध्यक्षज्यूको नेतृत्वमा एकताबद्ध भएर संघीयता र गणतन्त्रको रक्षा गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई कार्यान्वयन गर्दै अघि बढौँ,’’। सभामा बाक्लो संख्यामा सहभागीको उपस्थिति देखियो। सोहीतर्फ लक्षित गर्दै उनले भने, ‘‘जनताको उपस्थितिले पनि सम्माननीय प्रधानमन्त्रीज्यूको कदमलाई अनुमोदन गरेको छ।’’
प्रतिनिधिसभा विघटनको निर्णय सही रहेको उनको भनाइ थियो। उनले नेकपा प्रचण्ड–नेपाल समूहलाई पार्टीबाट चोइटिएर गएको समूहको संज्ञा पनि दिए।





