आज फागुन १ गते अर्थात तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन।
एक दशक लामो युद्धमा १७ हजार भन्दा बढी नेपालीको ज्यान गएर प्राप्त लोकतान्त्रिक ब्यवस्था विभिन्न स्वार्थ समुहका कारण अन्योलमा परेको छ।
तत्कालीन नेकपा (माओवादी)ले फागुन १ गतेबाट सुरु गरेको जनयुद्धको स्मृतिमा जनयुद्ध दिवस मनाउँदै आएको थियो।
माओवादी केन्द्र र नेकपा एमालेबीच एकतापछि सामूहिक रूपमा जनयुद्ध दिवस मनाइएता पनि एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले विभिन्न खेमामा टुक्रीएर जनयुद्ध दिवस अन्योलमा परेको छ।
तत्कालीन माओवादी भित्रका नेताहरु अहिले कोहि सरकारमा रहेका छन भने कोहि सडक तताइ रहेका र कोहि भुमिगत रुपमा राजनीतिक कृयाकलापमा ब्यस्त छन।






