काठमाडौं : राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गरेका छन्।
चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि जोशी दम्पतीले आफ्नो शरीरको शेषपछि किष्ट मेडिकल कलेजलाई अर्पण गर्ने मञ्जुरीपत्रमा हस्ताक्षर गरेका छन्। उनीहरुले आफ्नो छोरा अनुराज जोशीसमेतको सहमतिमा हस्ताक्षर गरेका हुन्।
शताब्दी पुरुष जोशीले आफ्नो शरीरको लामो आयु कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको बताए।






