काठमाडौं : महिला हिंसा र महिलामाथि हुने विदेभ, दुव्र्यवहारका विरुद्ध बृहत् नागरिक आन्दोलनले प्रतिकात्मक शव जुलुस निकालेको छ।
प्रतिकात्मक शव र मलामीसहित वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म महिला मार्चपास सुरु भएको हो। अहिले जुलुस भद्रकाली आइपुगेको छ।
जुलुसमा ‘बलात्कारी खुलेआम, बलात्कृत गुमनाम’, ‘बलात्कारीलाई कारबाही गर’ लगायत नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको छ।
पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सो कदम प्रतिगामी भन्दै विरोधका कार्यक्रम गरिरहेको छ।






