काठमाडौं : टोकियो ओलम्पिक खेलकुदका प्रमुख योशिरो मोरीले राजीनामा दिएका छन्। जापानमा आउँदो जुलाई २३ देखि अगस्ट ८ तारिखसम्म आयोजना हुने ओलम्पिका प्रमुख मोरीले शुक्रबार राजीनामा दिएका हुन्।
८३ वर्षीय जापानका पूर्वप्रधानमन्त्रीसमेत रहेका मोरीले महिलामाथि अभद्र टिप्पणी गरेपछि उनी विवादमा तानिएका थिए। महिलाहरू बैठकमा बढी बोल्छन्’ भन्ने अभिव्यक्ति दिएका कारण विवादमा तानिएका उनले आफैँ राजीनामा दिएका हुन्।
कोरोना महामारीका कारण सन् २०२० मा हुने भनिएको टोकियो ओलम्पिक एक वर्षपछि सरेको हो।






