काठमाडौं : काठमाडौंको आज विहान ६ः३० बजेको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसमविद् वरुण पौडेलका अनुसार आज दिउँसो काठमाडौंको मौसम सफा रहने र तापक्रम २० डिग्री सेल्सियस सम्म रहने अनुमान छ। काठमाडौंसहित यहाँबाट पूर्वको मौसम सफा रहने छ भने पश्च्चिमको मौसम बदली रहने छ।
आज विहान सुदूरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ।






