काठमाडौं : स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बार्सिलोना पराजित भएको छ।
बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना सेभियासँग २–० ले पराजित भएको छ। घरेलु मैदानमा सेभियालाई जित दिलाउन जुलेस कुन्डे र इभान राकिटिचले एक–एक गोल गरे।
खेलको २५ औं मिनेटमा कुन्डेले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए। ८५ औं मिनेटमा राकिटिचले गोल गर्दै सेभियालाई २–० को जित दिलाए। यो जितसँगै सेभियाले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।
बार्सिलोना र सेभियाबीचको दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा मार्च ४ मा हुनेछ।






