काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध काठमाडौंमा आयोजित विरोधसभामा प्रधानमन्त्री केपी ओलीले जनताको संघर्षबाट प्राप्त उपलब्धिलाई कुर्सीसँग साटेको आरोप लगाएका छन्।
उनले सडकबाट संघीयता खारेज हुन नसक्ने बताउँदै प्रतिगमनविरुद्ध सबै जनताले जाग्नुपर्ने बताए। आफ्नो अधिकार रक्षाका लागि सम्पुर्ण जनता विद्रोहमा उत्रिने अवस्था आउनसक्ने बताए।






