Home / Society / भागरथीको हत्याले मर्माहत भए- शेरबहादुर देउवा

भागरथीको हत्याले मर्माहत भए- शेरबहादुर देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार ट्वीट गर्दै बैतडीकी किशोरी भागरथी भट्टको हत्याको खबरले आफू निकै मर्माहत भएको र घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको बताएका छन्।

उनले भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

देउवाले बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भट्ट गएको बिहीबार साँझ मृत अवस्थामा फेलापरेकी थिइन्। बुधबार विद्यालयमा उपस्थित रहेकी र त्यसपछि घटना भएको हुनसक्ने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताएका थिए। मृतकको शरीरभरि निलडाम र घाउ रहेका, कपडा पनि च्यातिएको अवस्थामा स्थानीय लवलेक जंगलमा विभत्स अवस्थामा शव फेला परेको थियोे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *