Home / Nepal / News / सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटनाहुँदा दुईजनाको मृत्यु

सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटनाहुँदा दुईजनाको मृत्यु

इटहरी : सुनसरीको इटहरी २ पीपलचौक स्थित कोशी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्युु हुनेमा उदयपुर रुपाटार २ घर भई हाल इटहरी ८ बस्ने बर्ष ५० को नुरजंग मल्ल र मोटरसाइकलमा सवार उनका बुवा बर्ष ८२ को कुबेर बहादुर मल्ल छन्।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार धरानबाट इटहरीतर्फ आउँदै गरेको प्र. १–०१–०४४ प १२५६ नं. को मोटरसाइकल तीब्र गतिका कारण आफैँ अनियन्त्रित हुँदा दुईजनाको मृत्यु भएको हो।

दुर्घटनाबाट उनीहरु दुवैजना गम्भीर घाइते भई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएपनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *